images
images
images

एसिया कप :आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

images
images
images

काठमाडौं । एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् ।

समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्