Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आगजनीबाट कागजपत्र जल्दा ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

आगजनीबाट कागजपत्र जल्दा ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै तात्कालिक सहजीकरण गर्न आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना समस्या राख्दै उक्त माग प्रस्तुत गरेको हो।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा देशभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा ठूलो क्षति भएको छ।

ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपासलगायतका कागजात जलेर नष्ट भएको र त्यसले व्यवसायी थप समस्यामा परेको बताउँदै कागजात नष्ट भएर पीडित बनेका व्यवसायीलाई तुरुन्तै वैकल्पिक व्यवस्था मिलाउन महासंघले माग गरेको हो ।

यस्तै, प्रदर्शनकै क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेको विभागले जनाएको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट गरेको छ।

व्यवसायीलाई अनावश्यक दुःखकष्ट नदिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहजीकरण गर्न महासंघले जोड दिएको छ।

दशैं नजिकिँदै गर्दा मालवाहक ट्रक सञ्चालनमा कुनै अवरोध नहोस् भनेर आवश्यक कदम चाल्न मन्त्रालयलाई आग्रह गरिएको महासंघका महासचिव बानियाँले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit