images images
images images
images
images
images

पहिलो चार महिनामा ५ खर्ब १५ अर्ब व्यापार घाटा, निर्यातमा सुधार

images

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिना (श्रावण–कार्तिक) मा पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँको व्यापार घाटा देखिएको छ । आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार कुल वैदेशीक व्यापार २४.१८ प्रतिशत ले बढेको छ। नेपालले पहिलो चार महिनामा ६०९.४५ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ, जुन अघिल्लो वर्षको समान अवधिको ५१३.३८ अर्ब रुपैयाँ को तुलनामा १८.७१ प्रतिशतले वृद्धि हो।

images

यस्तै, निर्यातमा यस वर्ष उल्लेखनीय सुधार देखिएको छ। चालु वर्षको पहिलो चार महिनामा नेपालले ९३.४९ अर्ब मूल्य बराबरको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको ५२.६७ अर्ब को तुलनामा ७७.५१ प्रतिशतले वृद्धि भएको हो।

निर्यात बढे पनि व्यापार घाटाको दर भने मर्यादित रूपमा मात्र घटेको छ। अघिल्लो वर्षको पहिलो चार महिनामा ४६०.७१ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ११.९९ प्रतिशत ले बढ्दै ५१५.९५ अर्ब पुगेको हो।

त्यस्तै आयात निर्यात दर गत वर्षको ९.७५ बाट झर्दै यस वर्ष ६.५२ मा आएको छ, जसले निर्यातको तुलनामा आयात निर्भरता केही घटेको देखाउँछ।

विदेशी व्यापारमा निर्यातको हिस्सा ९.३०५ बाट बढेर १३.३० प्रतिशत पुगेको छ, जसमा ४२.९४प्रतिशत सुधार देखियो। आयातको हिस्सा भने ९०.७०प्रतिशत बाट घटेर ८६.७० प्रतिशत मा झरेको छ।

विशेषज्ञहरूका अनुसार निर्यात वृद्धिले केही सकारात्मक संकेत दिए पनि आयात वृद्धि दर उच्च रहेकाले व्यापार घाटा अझै चुनौतीपूर्ण रहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्