Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रवि लामिछानेकाे अभियोग संशोधन मुद्दा अब पूर्ण इजलासबाट

रवि लामिछानेकाे अभियोग संशोधन मुद्दा अब पूर्ण इजलासबाट
File Photo
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभियोग संशोधन सम्बन्धीको मुद्दा अब पूर्ण इजलासबाट सुनुवाई हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धि मुद्दाको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाईपछि पूर्ण सुनुवाईमा लैजाने आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

रवि लामिछानेविरुद्ध संगठित अवपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग संशोधन गर्ने निर्णय दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले गरेको थियो। जसअनुसार विभिन्न जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिइसकेको छ। तर, सर्वोच्चबाट सुनुवाई नहुँदा रोकिदै आएको छ।

अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर अधिवक्ताहरुले दिएको रिटमा अब पूर्ण इजलासमा सुनुवाई हुने भएको हो।

कुनै सहकारीमा संलग्न नरहेको भनेर संसदीय समितिले प्रतिवेदन दिएपनि आफुमाथि राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीको मुद्दा चलाइएको आरोप रविले लगाउँदै आएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit