Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

शेयर बजारमा भारी गिरावट, चुनावपछि पनि किन बढ्न सकेन ?

शेयर बजारमा भारी गिरावट, चुनावपछि पनि किन बढ्न सकेन ?
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । चुनावको परिणामले उच्च अंकले बढेको बजार मंगलबार र बुधबार भारी गिरावट आएको हो । यो दिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर दुई हजार ७९६.५७ विन्दुमा आइपुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से परिसूचक घटेर पुन २७ सयकै विन्दुमा आइपुगेका छन् । यतिबेला लगानीकर्ताहरु शेयर किन्न थालेका छन्। अबको केही समयपछि देशमा स्थिर पाँच वर्षको सरकार बन्ने भएको छ ।आर्थिक र सामाजिक क्षेत्रमायसको प्रभाव पर्ने अर्थतन्त्र सुधार हुने अपेक्षा लगानीकर्ताहरुमा छ । बजार घटे पनि यो दिन १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा रिडीपावर कम्पनी,आँखु खोला जलविद्युत कमपनी, नेशनल हाइड्रोपावर कम्पनी र अपी पावर कम्पनीको शेयर मूल्य ४४ करोड ९८ लाख रुपैयाँदेखि ८५ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

त्यस्तै, साल्पा विकास बैंक, नेशनल हाइड्रो पावर कम्पनी, रिलायन्स स्पेनिङ मिल्स र रिडी पावर कम्पनीको शेयर मूल्य ५.७२ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यो दिन घटेको बजारमा कालिका पावर कम्पनी,पञ्चकन्या माई हाइड्रो पावर, थ्रीस्टार हाइड्रो पावर,टे«ड टावरको शेयर मूल्य ४.४७ प्रतिशतदेखि ८.४७ प्रतिशतले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्यूचुअल फण्ड समूह बाहेक अन्य समूहको सूचक घट्न पुगेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit