images
images
images
images

नेपालमा शाओमी १५टी सार्वजनिक, आकर्षक मूल्यमा लाइका क्यामेराको अनुभव

images
images
images

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमी ले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १५टी सार्वजनिक गरेको छ। लाइका क्यामेराको सहकार्यमा तयार गरिएको क्यामेरा सेटअप, उच्च क्षमताको मेमोरी, बलियो डिस्प्ले र दीर्घ–समय चल्ने ब्याट्रीका कारण यो मोडल नेपाली प्रयोगकर्ताका लागि आकर्षक विकल्प बन्ने कम्पनीको दाबी छ।

लाइक क्यामेरासहित उत्कृष्ट फोटोग्राफी अनुभव

शाओमी १५टी को सबैभन्दा प्रमुख विशेषता यसको ५० मेगापिक्सेलको मुख्य क्यामेरा हो, जसमा ठूलो सेन्सर र अप्टिकल इमेज स्टेबलाइजेशन (OIS) जडान गरिएको छ। लाइकाको कलर प्रोफाइल र इफेक्टका कारण यसले दैनिक जीवनका तस्बिरहरू प्राकृतिक र जीवन्त देखिने गरी खिच्न सक्षम बनाउँछ।
अत्यधिक जुम र अत्यन्तै लो–लाइट फोटोग्राफी आवश्यक नपर्ने सामान्य प्रयोगकर्ताका लागि यो क्यामेरा सेटअप पर्याप्त रूपमा शक्तिशाली रहेको कम्पनीले जनाएको छ।

images
images
२GB RAM र ५१२GB स्टोरेजसहित शक्तिशाली प्रदर्शन

फोनमा रहेको १२GB LPDDR5X RAM ले स्मूथ मल्टिटास्किङ अनुभव दिन्छ भने ५१२GB UFS 4.1 स्टोरेज ले एप इन्स्टलदेखि फाइल ट्रान्सफरसम्म उच्च गति प्रदान गर्छ।
यसले गेमिङ, फोटोग्राफी र दैनिक कामहरू सहज रूपमा सञ्चालन गर्न मद्दत गर्छ। स्टोरेज क्षमता ठूलो भएकाले हजारौँ तस्बिर, भिडियो, गेम फाइल र एपहरू राख्न पर्याप्त हुन्छ।

हल्का डिजाइन र IP68 प्रमाणिकरण

१९४ ग्राम तौल रहेको यो मोडल प्लास्टिक फ्रेममा बनेको छ। IP68 प्रमाणित हुनु यसको अर्को विशेषता हो, जसले पानी तथा धुलो प्रतिरोध प्रदान गर्छ।
फोन कालो, खैरो र रोज गोल्ड तीनवटा रङमा उपलब्ध छ।

६.८३ इन्च OLED डिस्प्ले

फोनमा ६.८३ इन्चको OLED स्क्रिन छ, जसले १.५K रेजोल्युशन, १२०Hz रिफ्रेस रेट र ३,२०० निट्स सम्मको ब्राइटनेस प्रदान गर्छ।
HDR10+ र डोल्बी भिजन सपोर्ट भएको यो डिस्प्लेले भिडियो तथा गेमिङ अनुभवलाई थप आकर्षक बनाउँछ। साथै PWM डिमिङ प्रविधिले कम उज्यालोमा पनि आँखालाई सहज बनाइराख्छ।

५,५००mAh ब्याट्री, ६७W फास्ट चार्जिङ

शाओमी १५टी मा ५,५००mAh क्षमताको ब्याट्री छ, जसले मध्यमदेखि उच्च स्तरको दैनिक प्रयोगमा पनि पूरा दिन चल्ने दाबी गरिएको छ।
सहित दिएको ६७W चार्जरले करिब ५० मिनेटमै फोनलाई १००% चार्ज गर्न सक्छ।

सुरक्षा र कनेक्टिविटी

फोनमा इन–डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट, फेस अनलकसहित एक्सेलेरोमिटर, जाइरोस्कोप, प्रोक्सिमिटी सेन्सरलगायत सबै आवश्यक सेन्सरहरू उपलब्ध छन्।
यसमा NFC, डुअल–सिम, डुअल–ब्यान्ड वाइफाइ, फुल पोजिशनिङ सिस्टम तथा ५G नेटवर्क सपोर्ट पनि राखिएको छ।

मूल्य र उपलब्धता

नेपालमा १२GB+५१२GB भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको छ।शाओमीका अधिकृत बिक्रेता तथा रिटेल नेटवर्कमार्फत यो मोडल देशभर उपलब्ध छ। साथै ४० प्रतिशत डाउन पेमेन्टमा ९ महिनासम्म किस्ता सुविधा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ।


images
images

प्रतिक्रिया दिनुहोस्