Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चुनौतिकाबीच देशको ढुकुटीमा २५.५९ अर्ब कर दाखिला गर्न पाउँदा गर्व छ : निर्वाण चौधरी

चुनौतिकाबीच देशको ढुकुटीमा २५.५९ अर्ब कर दाखिला गर्न पाउँदा गर्व छ : निर्वाण चौधरी
विज्ञापन
Advertisement

काठमाडौं । चैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राज्यको ढुकुटीमा सीजीले कूल राजस्वको करिब २.३५ कर दाखिला गरेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सामाजिक सञ्जालमा सीजीको कर योगदानलाई राज्यले कदर गरेको प्रति खुशी व्यक्त गर्दै उनले लेखेका छन्, ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार।’

यस्तै उनले गत वर्ष सीजीले कूल राजस्वको करिब २.३५ कर तिरेको जानकारी दिँदै राज्यको ढुकुटीमा योगदान गर्न पाउँदा गर्व लागेको बताएका छन् । ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ योगदान दियो। चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ,’चौधरीले लेखेका छन् ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस– २०८२ को अवसर पारेर सोमबार आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको थियो । आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दुवैका विवरणका आधारमा १४ विधामा उत्कृष्ट योगदान दिने करदाताहरूलाई सम्मान गरिएको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit