Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङ नेपालको  ‘वार्म विन्टर अफर ‘ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक क्यासब्याक

सामसङ नेपालको  ‘वार्म विन्टर अफर ‘ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक क्यासब्याक
विज्ञापन
Advertisement

काठमाडाैं । सामसङ नेपालले जाडो मौसमलाई थप सहज र आरामदायक बनाउन  वार्म विन्टर अफर घोषणा गरेको छ। नोभेम्बर २१ देखि जनवरी १४ सम्म लागू रहने यो अफर देशभरका अधिकृत सामसङ रिटेलरहरूमा उपलब्ध हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक छुट, क्यासब्याक तथा सरल फाइनान्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। यस अफरमार्फत  ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड 

विज्ञापन
Advertisement
Advertisement

 FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउन सकिनेछ। त्यस्तै,  सिंग्ल डाेर, डब्बल डाेर, र साइड बाइ साइड रेफ्रिजिरेटरहरूमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहने छ। कम्पनीका अनुसार सामसङ वाशिङ मेसिन र रेफ्रिजिरेटरमा प्रयोग हुने  डिअाइटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ, जसले उत्पादनको दीर्घायु सुनिश्चित गर्छ। साथै, सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि दिइने छ।

अफरलाई झनै आकर्षक बनाउँदै सामसङले ग्राहकका लागि ‘इन्स्टाफाइनान्स’ सेवा समेत उपलब्ध गराएको छ, जुन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन हुन्छ। यसमार्फत ग्राहकहरूले  शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधासहित सामसङका घरायसी उपकरण खरिद गर्न सक्नेछन्। प्रक्रिया सरल रहेको र यसका लागि नागरिकता प्रमाणपत्र मात्रै आवश्यक पर्ने कम्पनीले जनाएको छ।

साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंसमा अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। ग्राहकहरूले आर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू सिधै एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ।

सामसङले सार्वजनिक गरेको  वार्म विन्टर अफर ले ग्राहकलाई जाडो मौसममा आवश्यक पर्ने मुख्य घरायसी उपकरणहरू किफायती मूल्यमा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit