Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’: ३७ लाखको टाटा एक्सप्रेस ईभीसहित आकर्षक पुरस्कार वितरण

इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’: ३७ लाखको टाटा एक्सप्रेस ईभीसहित आकर्षक पुरस्कार वितरण
विज्ञापन
Advertisement

काठमाडाैं। राइड शेयरिङ प्लेटफर्म इनड्राइभले दशैँ–तिहारको अवसरमा सञ्चालन गरेको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनका विजेताहरूको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार क्याम्पेनको उद्देश्य चालक पार्टनरहरूको मेहनत र समर्पणप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानलाई सुदृढ रूपमा पहिचान गराउनु हो।

विज्ञापन
Advertisement
Advertisement

क्याम्पेन अन्तर्गत यस वर्षको ग्रान्ड प्राइज टाटा एक्सप्रेस ईभी कार राखिएको थियो, जसको मूल्य नेपालमा करिब ३७ लाख रुपैयाँ पर्छ। ग्रान्ड प्राइज विजेता हरि पाण्डेलाई उक्त विद्युतीय सवारी handing over गरिएको इनड्राइभले जनाएको छ।

यस्तै, टीभीएस रेइडर मोटरसाइकल आकाश तामाङले जितेका छन्। स्मार्टफोनको श्रेणीमा पुरस्कार प्राप्त गर्नेहरूमा तिलक थापा मगर, बिजय बस्नेत, राजेन्द्र महर्जन, श्यामकुमार लिम्बू र काजीमान रेग्मी मगर रहेका छन्। साथै साप्ताहिक विजेताहरूलाई स्मार्टफोन, स्मार्टवाच र इयरबड्स वितरण गरिएको कम्पनीले जानकारी दिएको छ।

क्याम्पेन दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण ‘फर्स्ट च्यालेन्ज’ भदौ ९ देखि भदौ १५ सम्म र दोस्रो चरण ‘सेकेन्ड च्यालेन्ज’ भदौ १६ देखि असोज ५ सम्म चलाइएको थियो। क्याम्पेनमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य बनेका थिए भने दुवै चरणमा निरन्तर स्ट्याटस कायम राख्न सफल चालक पार्टनरहरू ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धी बनेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit