काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
सार्वजनिक कार्यतालिका अनुसार, नयाँ नेतृत्व चयनका लागि आजै साँझ ९ बजेबाट मतदान सुरु हुने छ । सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने, त्यसउपर दाबी विरोध र छलफल गर्ने समय साढे १ बजेसम्मका लागि तोकिएको छ। उम्मेदवारका लागि मनोनयन पत्र दर्ता गर्ने समय एक घण्टा तोकिएको छ ।
तालिका अनुसार दिउँसो ३ बजेभित्र मनोनयन पत्र दर्ता गरिसक्ने, साँझ पाँच बजेभित्र गरिसक्ने उल्लेख छ । नाफ फिर्ता लिन चाहने उम्मेदवारले साढे पाँच बजेपछि साढे सात बजेभित्रमा गरिसक्नुपर्नेछ । निर्वाचन समितिले बेलुका पौने नौ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेर त्यसको १५ मिनेटपछि मतदान प्रकृया सुरु गर्ने जनाएको छ ।
यस्तो छ, निर्वाचन कार्यकालिक








कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्