काठमाडौं । साताको अन्तिम कारोबार दिन आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। यो साता दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार रेकर्ड मूल्यबाट केही घटेको भए पनि आज पुनः बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० र त्यति नै चाँदीको मोल पाँच हजार ६४५ रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार एक तोला सुन दुई लाख ७८ हजार र त्यति परिमाणको चाँदी पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । दुवै धातुमा मायम भएको सो मूल्य हालसम्मकै महँगो रेकर्ड हो । यसअघि मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र सोही परिमाणको चाँदी पाँच हजार ३४० रुपैयाँमा किनबेच भएको थियो ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । माघ पहिलो साताबाटै लगातार बढिरहेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन सम्म आइपुग्दा नौ हजार चार सय रुपैयाँले महँगिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु (चाँदी) ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्