Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

करिब ४ बजेसम्ममा ४५ प्रतिशत मतदान

करिब ४ बजेसम्ममा ४५ प्रतिशत मतदान
काठमाडौँ, २१ फागुनः मतदानको तयारी काठमाडौँको पेप्सिकोला कागेश्वरी मनोहरा-९ स्थित गान्धी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको तयारी गर्दै नागरिकहरु। तस्बिरः किरणराज विष्ट/रासस
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत अपराह्न ३ः४५ बजेसम्म देशभर करिब ४५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदान अपडेटअनुसार अधिकांश प्रदेशमा मतदान मध्यम दरमा अघि बढिरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

तथ्यांकअनुसार उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ, जुन अन्य क्षेत्रको तुलनामा उच्च रहेको देखिन्छ। त्यस्तै कोशी प्रदेशमा ४६ प्रतिशत, बागमती प्रदेशमा ४६ प्रतिशत, गण्डकी प्रदेशमा ४८ प्रतिशत, लुम्बिनी प्रदेशमा ४७ प्रतिशत र कर्णाली प्रदेशमा ४८ प्रतिशत मतदान भएको छ।

यसैगरी मधेश प्रदेशमा ३४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मात्र मतदान भएको तथ्यांकले देखाएको छ, जुन अन्य प्रदेशको तुलनामा कम हो।

देशभरका १६५ निर्वाचन क्षेत्र अन्तर्गत १० हजार ६७ मतदान स्थलमा मतदान भइरहेको छ। करिब २ करोड ८० लाख मतदातामध्ये हालसम्म ८५ लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको र बेलुका ५ बजेसम्म मतदान हुने व्यवस्था रहेको छ। आयोगले मतदातालाई समयमै मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit