इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको रामधुनी नगरपालिका–तित्रिवनमा अत्याधुनिक आइशर 3S (Sales, Service & Spares) फ्यासिलिटी सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको उक्त केन्द्रसँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल सवारी बिक्री तथा आफ्टर सेल्स सर्भिस सञ्जाल विस्तार गरेको जनाएको छ।
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा VE कमर्शियल भेहिकल्स (VECV) का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अमन अरोरा लगायत उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा CNI र FNCCI का प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, बैंकर, ग्राहक तथा व्यवसायिक साझेदारहरूको उपस्थिति उल्लेखनीय रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले इटहरीमा 3S फ्यासिलिटी स्थापना गर्नु कम्पनीको बजार विस्तार रणनीतिअन्तर्गत महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार नयाँ केन्द्रमार्फत ग्राहकलाई विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर सेल्स सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गरिनेछ।
नयाँ फ्यासिलिटीमा दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टर राखिएको छ। यसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
उप–प्रमुख थापाले आधुनिक डिलरशिप स्थापना स्थानीय आर्थिक विकासका लागि सकारात्मक कदम भएको उल्लेख गर्दै यसले रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अटोमोबाइल उद्योगलाई गति दिने विश्वास व्यक्त गरिन्।
एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले नयाँ केन्द्रलाई भविष्यमुखी मोबिलिटी दृष्टिकोणको हिस्सा भएको बताउँदै ग्राहक–केन्द्रित सेवा र बलियो आफ्टर सेल्स नेटवर्क विस्तारमा कम्पनी केन्द्रित रहेको बताए। उनले पूर्वी नेपालको बढ्दो ढुवानी तथा यातायात गतिविधिले यस क्षेत्रमा सम्भावना बढाएको उल्लेख गरे।
VECV का वरिष्ठ उपाध्यक्ष अरोराले नेपालमा ग्राहक नजिकै सेवा पुर्याउने रणनीति अन्तर्गत यस्तो फ्यासिलिटी महत्वपूर्ण रहेको बताउँदै भोल्भो–आइशर संयुक्त उद्यमका आगामी BS6 र Pro X सिरिजका उन्नत उत्पादनबारे जानकारी गराए।
समापन मन्तव्यमा प्रबन्ध निर्देशक शान्त राज बतासले भोल्भो आइशरसँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्दै गुणस्तरीय सेवा र विश्वसनीय सहयोग उपलब्ध गराउने प्रयास निरन्तर रहने बताए।
पूर्वी नेपालको प्रमुख व्यावसायिक तथा ढुवानी करिडोरसँग रणनीतिक रूपमा जोडिएको यस 3S फ्यासिलिटीले एउटै छानामुनि सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार र ओरिजिनल स्पेयर पार्ट्स उपलब्ध गराउँदै समग्र ग्राहक अनुभव सहज बनाउने कम्पनीको भनाइ छ। कार्यक्रम औपचारिक उद्घाटन, सवारी प्रदर्शनी तथा उद्योगका सरोकारवालाबीच अन्तरक्रियासहित सम्पन्न भएको थियो।



कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्