Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

ओमोडा एन्ड जेकोको चार दिने ‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प शुक्रबारदेखि

ओमोडा एन्ड जेकोको चार दिने ‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प शुक्रबारदेखि
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआइ मोबाइल फोन प्राप्त गर्नेछन्। साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ।

हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल उपलब्ध छन्,ओमोडा इ५, जेइको जे५ र जेइको जे६। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५का लागि ५४.९९ लाख, जेइको जे५का ५६.९९ लाख र जेइको जे६ मोडल ६५.९९ लाख रुपैयाँ मूल्य तोकिएको छ।

कम्पनीका अनुसार क्याम्पमा सहभागीहरूले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit