Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोनलोन र कुमारी बैंकद्वारा ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक, ग्राहकले फोनबाटै सहज कर्जा पाउने 

फोनलोन र कुमारी बैंकद्वारा ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक, ग्राहकले फोनबाटै सहज कर्जा पाउने 
विज्ञापन
Advertisement

काठमाडौं । फोनलोन र कुमारी बैंक लिमिटेडबीचको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक भएको छ।

विज्ञापन
Advertisement
Advertisement

डिजिटल बैंकिङलाई अझ लचिलो, सहज र ग्राहककेन्द्रित बनाउने उद्देश्यका साथ यो सेवा सुरु सञ्चालनमा ल्याइएको हो । यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकले स्वीकृत सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने बाध्यता थियो। थोरै रकम मात्र प्रयोग गर्दा पनि बाँकी सीमा उपयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा तिरिसकेको हुनुपर्ने व्यवस्थाका कारण पुगेको असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ।

नयाँ सुविधाअन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमाभित्र आवश्यकताअनुसार रकम पटक–पटक निकाल्न सक्नेछन्। बाँकी रकम भविष्यका लागि सुरक्षित रहनेछ भने वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्नेछ। यसले ग्राहकलाई अनावश्यक ब्याजको भारबाट जोगाउने विश्वास कम्पनीको छ । यो कर्जा कुनै पनि कागजी प्रक्रिया वा बैंकमा नपुगी मोबाइल बैंकिङमार्फत तत्कालै लिन सकिनेछ । यसले ग्राहकले घरमै बसेर सहज रूपमा सेवा उपयोग गर्न सक्नेछन् ।

सेवा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै आएको बताए । उनले ‘मल्टि डिस्बर्सल’ सुविधाले प्रयोगकर्तालाई कर्जामाथि नियन्त्रण, पारदर्शिता र सही सदुपयोगको अवसर प्रदान गर्ने उल्लेख गरे । कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो तथा बिना कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit