Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जलेको पाँच महिनापछि भाटभटेनीको कोटेश्वर सुपरस्टोर २४ गतेबाट पुन : संचालनमा आउँदै

जलेको पाँच महिनापछि भाटभटेनीको कोटेश्वर सुपरस्टोर २४ गतेबाट पुन : संचालनमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौंं। जेनजी आन्दोलनमा क्षति पुगेको कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा ल्याउन लागेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त स्टोर माघ २४ गते शनिबार बिहान १० बजेदेखि सञ्चालनमा ल्याइने तयारी छ । भाटभटेनीले ५ महिनामै उक्त स्टोरको पुनः निर्माण गरी पुन ःसञ्चालनमा ल्याउन लागेको हो। सञ्चालकले गत भदौ २४ गते जलाइएको स्टोर त्यसको ठिक पाँच महिनापछि शनिबार देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।

यो स्टोरको पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । ‘कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरु पनि चरणबद्ध रुपमा सञ्चालनमा ल्याइनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भदौ २३ र २४ को घटनाबाट प्रभावित भएपनि आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न कम्पनी सफल भएको बताए ।

भदौ २४ गते काठमाडौंसहित देशभर आगजनी, तोडफोड र लुटपाटका कारण भाटभटेनी सुपरस्टोरमा १० अर्ब ८५ करोड रुपैयाँ माथि क्षति पुगेको थियो । कम्पनीले बाँकी क्षतिग्रस्त स्टोरहरु क्रमशः सञ्चालन गर्दै जाने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit