काठमाडौं। उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल आयल निगमले समस्या देखिएका ग्यास सिलिन्डरहरूको बिक्री–वितरण आफ्नै निगरानीमा सुरु गरेको छ। निगमका प्रबन्धक निर्देशक चण्डीका प्रसाद भट्टका अनुसार उपभोक्ताबाट गुनासो आएपछि टेकुस्थित निगम कार्यालयबाट प्रत्यक्ष रूपमा ग्यास वितरण प्रक्रिया अघि बढाइएको हो।
उनले उपभोक्ताको सुरक्षा र सहज आपूर्तिलाई प्राथमिकता दिँदै गुणस्तरमा समस्या देखिएका ग्यासको व्यवस्थापन तथा अनुगमनलाई कडाइ गरिएको बताए। निगमले वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन थप निगरानी बढाउने पनि जनाएको छ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्