Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

झापामा मतदान सुरुः पाँचवटै निर्वाचन क्षेत्रबाट सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

झापामा मतदान सुरुः पाँचवटै निर्वाचन क्षेत्रबाट सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा
मतदान गर्न लामबद्ध सर्वसाधारण दाङ, २१ फागुनः दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्द्मोदय नमुना मावि मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न बिहानैदेखि लामबद्ध सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस
विज्ञापन
Advertisement

बनियानी।   झापामा उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ ।

जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २२६ जना मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल कायम छन् । निर्वाचन सम्पन्न गर्न ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी परिचालन भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit