images images
images images
images
images
images

सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?

images

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधबार त्यति नै परिमाणको सुन तीन लाख छ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । हिजोको तुलनामा सुनको मोल प्रतितोला एक सय रुपैयाँले घटेको छ । यस्तै, आज तोला चाँदीको भाउ पाँच हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार २९० रुपैयाँ र मंगलबार पाँच हजार २४० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।

images

यसअघि माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो। त्यसयता भएको दश कारोबार दिनमा सुनको भाउ करिब ३३ हजार र चाँदी २२ सय रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्