images images
images images
images
images
images

निर्वाचनको नतिजा सोचेको भन्दा बढी टाइट छ :  सह–महामन्त्री राणा

images

ललितपुर । नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन्।

राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको उल्लेख गर्दै कांग्रेसले सोचे भन्दा पनि कम सिटमा खुम्चिनुपर्ने अवस्था रहेको बताए । ‘सोचेको भन्दा बढी टाइट छ निर्वाचनको नतिजा । तर म मेरो क्षेत्रबाट विजयी हुन्छु भन्नेमा विश्वास छ,’ उनले भने । राणाले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बलियो रहेको र स्थानीय तहमा पनि पार्टीले उल्लेख्य सफलता हासिल गरेको भन्दै आफूले जित्ने बताए । ‘हामीले धेरै स्थानीय तह जितेका छौं। जनप्रतिनिधिले पनि यस क्षेत्रमा काम गरेका छन् । मैंले पनि यहाँका नागरिकको दुःखसुखमा सधैं साथ दिएको छु र मेरो छविमा कुनै दाग लाग्न दिएको छैन,’ उनले भने ।

images

साथै उनले केन्द्रिय राजनीतिको प्रभावले निर्वाचनको परिणाम प्रभावित भएको धारणा राखे । विशेष महाधिवेशन नगरेको भए कांग्रेस झन् खुम्चिने उनको भनाइ छ । ‘विशेष महाधिवेशन नगरेको भए हाम्रो परिस्थिति झन खुम्चिन्थ्यो । निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्न बाध्य भयौं,’ उनले भने । उनले पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसकिएकाले यो अवस्था सिर्जना भएको बताए । ‘हामी चुनावभन्दा पनि आन्तरिक विवादमा अल्झियौं। मंसिरमै विशेष महाधिवेशन टुंग्याएको भए ‘परिवर्तित कांग्रेस’ अथवा ‘नवीन कांग्रेस’को सन्देश जनतामा राम्रोसँग लैजान सकिन्थ्यो,’ राणाले भने ।

हालसम्म १२ हजार ३ सय १३ मत गणना गरिसक्दा कांग्रेसका राणाले ४ हजार ६ सय ८६ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् । साथै, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पछ्याइरहेका छन् । रास्वपाका महर्जनले ३ हजार १०७ मत प्राप्त गरेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेलले २ हजार ७१५ मत प्राप्त गरेका छन् । ललितपुर क्षेत्र नं–१ मा हालसम्म सदर मत ११ हजार ८ सय ९० छ भने बदर मत ४२४ छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्