Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता, बालेन र ओलीबीच नौ हजार मतको अन्तर

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता, बालेन र ओलीबीच नौ हजार मतको अन्तर
विज्ञापन
Advertisement

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् । पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ ।

विज्ञापन
Advertisement
Advertisement

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले सवा ५ बजेको पछिल्लो अपडेट अनुसार ११ हजार ९सय ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले ३५५ पाएका छन् ।

झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन् । त्यस्तै झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि छिन् । एमालेका देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईंले १९१ मत पाएकी छन् ।

झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा छन् । राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, एमाले का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेका छन् ।

झापा–४ मा पनि रास्वपाकै शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि छन् । एमालेका लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन् । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit