images images
images images
images
images
images

सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्‍यो, विशेष अफरसहित प्रि-अर्डर खुला

images

काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतीक्षित फ्ल्यागशिप स्मार्टफोन सिरिज Samsung Galaxy S26 सार्वजनिक गरेको छ। कम्पनीले आइतबार आयोजित कार्यक्रममा Samsung Galaxy S26 Ultra, Samsung Galaxy S26+ र Samsung Galaxy S26 नेपालमा प्रि-अर्डरका लागि उपलब्ध गराएको घोषणा गरेको हो।

कम्पनीका अनुसार ग्यालेक्सी एस२६ सिरिज अत्याधुनिक Galaxy AI अनुभवद्वारा सञ्चालित छ, जसले प्रयोगकर्तालाई अझ सहज, स्मार्ट र अनुकूल मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। तालिका व्यवस्थापनदेखि कन्टेन्ट सिर्जनासम्मका दैनिक कामलाई सरल बनाउन यो सिरिज डिजाइन गरिएको कम्पनीले जनाएको छ।

images

ग्यालेक्सी एस२६ सिरिज नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ (वा स्टक उपलब्ध नभएसम्म) प्रि-अर्डरका लागि उपलब्ध रहनेछ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX Pranaya Ratna Sthapit का अनुसार ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको छ। उनका अनुसार एजेन्टिक एआईमार्फत फोनले दैनिक कामहरू सहज रूपमा व्यवस्थापन गर्ने भएकाले प्रयोगकर्ताले परिवार, उत्पादकत्व र आफ्नो महत्वपूर्ण काममा बढी ध्यान दिन सक्नेछन्।

उनले २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा पनि उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार यसले सामसङका उन्नत फ्ल्यागशिप प्रविधिलाई थप सहज रूपमा धेरै ग्राहकसम्म पुर्‍याउनेछ।

मुख्य विशेषताहरू

१. प्राइभेसी र पर्फरमेन्स
ग्यालेक्सी एस२६ अल्ट्रामा उद्योगमै पहिलोपटक इन–बिल्ट Privacy Display सुविधा उपलब्ध गराइएको छ। यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्छ। साथै अनुकूलित चिपसेट र सुधारिएको थर्मल म्यानेजमेन्ट प्रणालीका कारण ७.९ मिमीको स्लिम डिजाइनमै अझ शक्तिशाली एआई प्रदर्शन प्राप्त हुने कम्पनीले जनाएको छ।

२. उन्नत क्यामेरा क्षमता
ग्यालेक्सी एस२६ अल्ट्रामा कम प्रकाशमा राम्रो फोटो खिच्न फराकिलो अपर्चर, सुधारिएको Nightography Video र स्थिर भिडियो क्याप्चरका लागि उन्नत Super Steady प्रविधि उपलब्ध छ। AI ISP सुधारले सेल्फी क्यामेरालाई पनि अझ अनुकूल बनाउँदै मिश्रित प्रकाशमा नेचुरल स्किन टोन र सूक्ष्म विवरणहरू स्पष्ट देखाउने बनाएको छ।

यसका साथै उच्च गुणस्तरका भिडियोहरू प्रभावकारी रूपमा कम्प्रेस गर्न सक्ने Advanced Professional Video (APV) मानकलाई समर्थन गर्ने यो पहिलो ग्यालेक्सी डिभाइस भएको कम्पनीले जनाएको छ।

३. एआई–संचालित एडिटिङ टुलहरू
अपग्रेड गरिएको Photo Assist सुविधाले प्रयोगकर्तालाई फोटोमा परिवर्तन वर्णन गरेर आवश्यक भाग पुनःस्थापित गर्न वा फोटोमा देखिने पहिरन परिवर्तन गर्न समेत अनुमति दिन्छ। Creative Studio ले दृश्य सामग्री सिर्जना र अनुकूलन गर्न एकीकृत प्लेटफर्म उपलब्ध गराउँछ।

सुरक्षाका लागि Private Album, Knox Matrix सुरक्षा प्रणाली, सात पुस्तासम्मका OS अपग्रेड तथा सात वर्षसम्मका सुरक्षा अपडेटहरू प्रदान गरिने कम्पनीले जनाएको छ।

४. स्मार्ट सहायता
Now Nudge ले समयअनुसार सान्दर्भिक सुझाव प्रदान गर्दै प्रयोगकर्तालाई आफ्नो काममा केन्द्रित रहन सहयोग गर्छ भने Now Brief ले प्रयोगकर्ताको सन्दर्भअनुसार प्लेलिस्ट, रिमाइन्डर लगायतका सुझाव दिन्छ।

यसका साथै Google सँगको Circle to Search सुविधा अपग्रेड गरी एकैपटक धेरै वस्तु पहिचान गर्न सक्ने multi-object recognition क्षमता थपिएको छ, जसले एउटै तस्वीरभित्र रहेका विभिन्न तत्वहरूलाई सजिलै खोज्न मद्दत गर्छ।

images
images

प्रतिक्रिया दिनुहोस्