images images images
images images images
images
images
images

विद्युतीय अफ–रोडर जेको ‘जे सिक्स–टी’ सार्वजनिक, मूल्य कति ?

images

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेको को आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो प्रतिक्षित विद्युतीय गाडी ‘जेको जे–सिक्स–टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच आज शारडा समूहका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडाले संयुक्त रूपमा यो नयाँ मोडलको अनावरण गरेका हुन् । ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित ‘बक्सी’ र रग्ड डिजाइनमा आएको यो गाडीलाई कम्पनीले ‘बेस्ट–इन–सेग्मेन्ट’ अल–रोडर ईभीको रूपमा प्रस्तुत गरेको छ।

images
images

मुख्य विशेषता र क्षमता
नयाँ जेको जे सिक्सटीमा रियर–माउन्ट गरिएको शक्तिशाली मोटर छ, जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा विश्व प्रसिद्ध सीएटीएल कम्पनीको लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा ४३१ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

नेपाली सडकको अवस्थालाई मध्यनजर गर्दै यसको ग्राउन्ड क्लियरेन्स २२५ एमएम कायम गरिएको छ, जुन यसअघिको जे–सिक्स मोडलको तुलनामा २५ एमएम बढी हो। यसको ह्वीलबेस २,७१५ एमएम र लम्बाई ४,४३३ एमएम रहेको छ।

आधुनिक प्रविधि र इन्टेरियर
गाडीको भित्री भागमा विलासी र आधुनिक सुविधाहरू समावेश छन् । कम्पनीका अनुसार यस गाडीमा निम्म सुविधा छन् ।

डिस्प्ले ः १५.६ इन्चको विशाल केन्द्रीय टचस्क्रिन र ९.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल।

अडियो ः प्रिमियम साउन्ड अनुभवका लागि ८ वटा स्पिकर।

सुविधा ः ५० वाटको तीव्र गतिको वायरलेस चार्जर र १९ इन्चका आकर्षक अलोय टायर।

मूल्य र विशेष अफर
कम्पनीले जेको जे सिक्स टी (RWD भेरियन्ट)को अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यद्यपि, विशेष प्रारम्भिक अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले जेको जे–सिक्सको सफलताले आफूहरूलाई थप उत्साहित बनाएको र नयाँ ‘टी’ मोडलले साहसिक यात्रा चाहने नेपाली ग्राहकहरूको मन जित्ने विश्वास व्यक्त गरे। यो गाडी अब देशभर रहेका ओमोडा एन्ड जेकोका आधिकारिक शोरुमहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्