Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकद्वारा ‘मास्टरकार्ड’ सेवा शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

कुमारी बैंकद्वारा ‘मास्टरकार्ड’ सेवा शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि
विज्ञापन
Advertisement

काठमाडाैं । कुमारी बैंक लिमिटेड ले ‘मास्टरकार्ड’ सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यससँगै बैंकले आफ्नो डिजिटल बैंकिङ यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन हासिल गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि आफ्ना ग्राहकहरूका लागि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल ले स्वागत मन्तव्य राख्दै बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवामा कुमारी बैंकले निरन्तर अग्रसरता देखाउँदै आएको उल्लेख गरे। उनले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी प्रणालीले बैंकको सेवा क्षमतामा थप विस्तार गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकार ले मास्टरकार्डको महत्व, प्रयोगका सम्भावना तथा ग्राहकलाई हुने फाइदाबारे विस्तृत जानकारी दिए। उनका अनुसार, नयाँ डेबिट मास्टरकार्डमार्फत भौतिक तथा डिजिटल दुवै माध्यममा सुरक्षित र सहज कारोबार गर्न सकिनेछ।

उनले पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै उक्त कार्ड नेपाल, भारत र भुटानका मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने जानकारी दिए। साथै, मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने र बैंकले छिट्टै क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने तयारी गरेको उनले बताए।

उनका अनुसार, कुमारी बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड सेवा स्वीकार गर्दै आएको थियो। अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहजता आउने बैंकको विश्वास छ।

२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको छ। हाल बैंकका देशभर २९७ शाखा, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ।

बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङलाई थप सुदृढ गर्दै सरल, सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit