Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एकैदिन ७८ सय रुपैयाँले घटेको सुन कतिमा हुँदैछ कारोबार?

एकैदिन ७८ सय रुपैयाँले घटेको सुन कतिमा हुँदैछ कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात हजार ८०० सय रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार एक तोला सुन खरिद गर्न उपभोक्ताले दुई लाख ९४ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने छ । अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि ११५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँ कायम छ । अघिल्लो दिन एक तोला चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit