images images images
images images images
images
images
images

ओली पक्राउविरुद्ध एमाले आन्दोलित: देशभर प्रदर्शन घोषणा

images

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी सचिव महेश बस्नेत का अनुसार आज बसेको सचिवालय बैठकले कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै आम जनसमुदाय, नागरिक समाज तथा लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने रणनीति पनि तय गरेको छ।

images
images

एमालेले घोषणा गरेका प्रमुख कार्यक्रमहरू यस्ता छन्:

आज अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन

भोलि (चैत्र १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने

अन्य दल, नागरिक समाज र आम जनसमुदायसँग संवाद तथा सहकार्य विस्तार गर्ने

images
images

प्रतिक्रिया दिनुहोस्