Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रविधिबाट एमजीका गाडी अझ शक्तिशाली र स्मार्ट बन्दै

सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रविधिबाट एमजीका गाडी अझ शक्तिशाली र स्मार्ट बन्दै
विज्ञापन
Advertisement

काठमाडौं । एमजी माेर्टरले नयाँ प्रविधिसहितका विद्युतीय तथा हाइब्रिड सवारी साधन विकासलाई तीव्रता दिएको छ । कम्पनीले ‘हाइब्रिड प्लस’ प्रणाली र semi-solid-state ब्याट्रीमार्फत आफ्ना आगामी गाडीहरूलाई अझ छिटो, शान्त र ऊर्जा-दक्ष बनाउने तयारी गरिरहेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको Frankfurtस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस९ प्लग–इन हाइब्रिड मोडेलमा पहिलोपटक प्रयोग हुने अपेक्षा गरिएको छ ।

यस प्रणालीमा उच्च क्षमताको इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै आवाज निकै कम गर्नेछ । कम्पनीका वरिष्ठ इन्जिनियरका अनुसार नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट करिब ७० हजार पटकसम्म घुम्न सक्छ, जसले शक्ति र इन्धन दक्षता दुवै सुधार गर्छ ।

‘हाइब्रिड प्लस’ प्रणालीको अर्को विशेषता डिजिटल ड्याम्पिङ प्रविधि हो । यसमा गाडीभित्र रहेका सेन्सरहरूले कम्पन पत्ता लगाएर मोटरमार्फत त्यसलाई न्यून पार्ने काम गर्छन् । यसले गाडीलाई अझ शान्त, स्मूथ र आरामदायी बनाउने दाबी गरिएको छ ।

यस प्रविधिलाई सहयोग गर्न कम्पनीले १.८३ किलोवाट-घण्टाको ठूलो ब्याट्री पनि प्रयोग गर्ने भएको छ, जसले समग्र प्रदर्शन सुधार्नेछ ।

यता, एमजीले आफ्ना विद्युतीय गाडीका लागि ‘सोलिडकोर’ नामक नयाँ semi-solid-state ब्याट्री पनि ल्याउने तयारी गरेको छ । करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ प्रयोग हुने यो ब्याट्रीले परम्परागत लिथियम आयन ब्याट्रीभन्दा बढी ऊर्जा भण्डारण गर्न सक्छ । यसले गाडीको रेन्ज बढाउनुका साथै छिटो चार्ज हुने र विभिन्न तापक्रममा स्थिर प्रदर्शन गर्ने क्षमता प्रदान गर्छ ।

सुरक्षाका दृष्टिले पनि यो ब्याट्री उल्लेखनीय मानिएको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा दबाउँदा वा प्वाल पार्दा पनि यसमा आगलागी वा स्पार्कको जोखिम देखिएको छैन । लिथियम र म्याङ्गनीजको मिश्रणसहितको संरचनाले यसको स्थायित्व र सुरक्षा अझ बलियो बनाएको छ ।

एमजीले यी नयाँ प्रविधिमार्फत भविष्यका सवारी साधनलाई अझ शक्तिशाली, सुरक्षित, शान्त र ऊर्जा-दक्ष बनाउने लक्ष्य राखेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit