मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ ।
कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजार बाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
म्याराथुनमा प्रतियोगितामा सहभागी हुनका लागि एक सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित जुम्लामा रहेको पर्यटकीय र मुगु जिल्लामा रहेको रारा ताल लगायत अन्य पर्यटकीय क्षेत्रहरूको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रचार गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताएका छन् ।
विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिता अन्तर्गत पाँच किलो मिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ ।
प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि ३ हजार रुपैयाँ र अन्य धावकका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटर तर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई तीन हजार रुपैयाँ र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए ।
साथै १० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार रुपैयाँ, दोस्रोलाई ७ हजार रुपैयाँ र तेस्रोलाई ५ हजार रुपैयाँ तथा ५१ किलो मिटर तर्फ प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार रुपैयाँ, तेस्रोलाई ५० हजार रुपैयाँ, चौथो र पाँचौँलाई समान २०–२० हजार रुपैयाँ पुरस्कारको आयोजक सस्थाले व्यवस्थापन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्