Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते बाट

जुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते बाट
विज्ञापन
Advertisement

 मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजार बाट सुरु हुने  क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

म्याराथुनमा प्रतियोगितामा सहभागी हुनका लागि एक सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित जुम्लामा रहेको पर्यटकीय र मुगु जिल्लामा रहेको रारा ताल लगायत अन्य पर्यटकीय क्षेत्रहरूको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रचार गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताएका छन् ।

विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिता अन्तर्गत पाँच किलो मिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ ।

प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि ३ हजार रुपैयाँ र अन्य धावकका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटर तर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई तीन हजार रुपैयाँ र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए ।

साथै १० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार रुपैयाँ, दोस्रोलाई ७ हजार रुपैयाँ र तेस्रोलाई ५ हजार रुपैयाँ तथा ५१ किलो मिटर तर्फ प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार रुपैयाँ, तेस्रोलाई ५० हजार रुपैयाँ, चौथो र पाँचौँलाई समान २०–२० हजार रुपैयाँ पुरस्कारको आयोजक सस्थाले व्यवस्थापन गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit