images images images
images images images
images
images
images

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

images

काठमाडौं । सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गरेको कामको पहिलो चरणको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले शासकीय सुधारको बुँदा नं ८५ मा रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कामको पहिलो चरणको प्रगति विवरण आज सार्वजनिक गरिएको बताए।

images
images

‘शासकीय सुधारका काम द्रुतगतिमा भइरहेको छ । हामीले अस्पताल, सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ । विभिन्न अस्पतालका सुधारका कार्ययोजना पनि बनाइरहेका छौँ’, उनले भने ।

उनले शासकीय सुधारअन्तर्गत ३२ वटा अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार प्रदान गरिएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको बताए ।

त्यसैगरी वीर अस्पताल, शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायतका अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयका सूचना अधिकारी केसीले बताउनुभयो । मन्त्रालयले अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

जलन शय्या सञ्चालन

सुधारअन्तर्गत मन्त्रालयले सुदूरपश्चिम प्रदेशको टीकापुर अस्पताल, महाकाली प्रादेशिक र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन शय्या स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको उनले जानकारी दिए । साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध जलन उपचार सेवा पुनः सञ्चालन गरिएको उनले जानकारी दिए ।

हवाई एम्बुलेन्स

मन्त्रालयले सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।

शासकीय सुधारअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा समन्वय गरिएको सूचना अधिकारी केसीले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्