images images images
images images images
images
images
images

नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने

images

काठमाडौँ ।  नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा महोत्सव भक्तपुरस्थित सल्लाघारीमा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने भएको हो ।

images
images

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दिपक थापाले जानकारी लिएका हुन । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गरिनेछ ।

महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन् । ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृक्ति (स्ट्याचु) राखिनेछ । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेल साधन व्यवस्था गरिनेछ । त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारको विशेष सागीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना गरिनेछ ।

महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना हुनेछ । महोत्सवमा पाँच करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने र दुईलाख बाढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

images
images

प्रतिक्रिया दिनुहोस्