Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सभामुखमा रास्वपाका अर्याल निर्विरोध निर्वाचित

सभामुखमा रास्वपाका अर्याल निर्विरोध निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्र सभामुखमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो ।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए । कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit