images images images
images images images
images
images
images

धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग, रास्वपाका युवा नेताहरुले बुझाए ज्ञापन

images

धनगढी । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।

राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार, पर्यटन, रोजगारी, सेवा प्रवाह तथा समग्र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको रास्वपाको ठहर छ ।

images
images

‘धनगढीलाई चलायमान, लगानीमैत्री र आधुनिक बजारका रूपमा विकास गर्न रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण आवश्यक देखिन्छ। काठमाडौंलगायत देशका मुख्य सहरमा २४ घण्टा व्यवसाय सञ्चालनको अभ्यास सफल रहेको सन्दर्भमा धनगढीमा पनि सो व्यवस्था लागू गरिनु आवश्यक छ,’ जेनजी अगुवा नितिश जोशीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री रहँदा सुरु गरिएको २४ घण्टा व्यवसाय सञ्चालन नीति आर्थिक चलायमानता र व्यवसायमैत्री शासनको सकारात्मक सुरुवातको कदम रहेको रास्वपाको ठहर छ। ‘उक्त दूरदर्शी नीतिलाई निरन्तरता दिँदै धनगढीमा समेत कार्यान्वयन गर्नु समयको माग तथा सुशासनको अभ्यास हो,’ विज्ञप्तिमा भनिएको छ।

रात्रिकालीन व्यवसाय सञ्चालनले व्यापारिक कारोबार वृद्धि, रोजगारी सिर्जना, पर्यटकमैत्री वातावरण, सेवा क्षेत्र विस्तार तथा धनगढीको ‘नाइट इकोनोमी’ विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रास्वपाको छ। ‘सुरक्षा व्यवस्थापनका नाममा व्यवसाय सीमित गर्ने होइन, बरु शान्ति सुरक्षालाई थप प्रभावकारी बनाई निगरानी र समन्वयसहित व्यवसायमैत्री वातावरण निर्माण गर्नु राज्यको दायित्व हो भन्ने हाम्रो धारणा छ,’ जोशीले भने।

साथै, विभिन्न होटल तथा व्यवसायिक संस्थाहरूमा उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउने, न्यून पारिश्रमिकमा श्रम शोषण गर्ने तथा रात्रीकालीन असुरक्षित श्रममा संलग्न गराउने प्रवृत्ति गम्भीर कानुनी उल्लंघन र सामाजिक अपराधका रुपमा रहेकाले यसतर्फ पनि स्थानीय प्रशासनलाई गम्भीर हुन आग्रह गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्