Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ वर्षमा डिशहोमका आकर्षक अफरः इन्टरनेट र टेलिभिजन सेवामा बोनस योजना सार्वजनिक

नयाँ वर्षमा डिशहोमका आकर्षक अफरः इन्टरनेट र टेलिभिजन सेवामा बोनस योजना सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। नयाँ वर्ष २०८३ को अवसर पारेर डिशहोमले आफ्नो इन्टरनेट सेवा र घरमै सिधै प्रसारण हुने टेलिभिजन सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ग्राहकलाई थप सुविधा दिन बोनसमा आधारित योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारमा वृद्धि भएपछि मूल्य संरचनामा सामान्य समायोजन गरिएको छ। तर, ग्राहकलाई आकर्षित गर्न र सेवा विस्तार गर्न बोनस सुविधा थपिएको हो।

इन्टरनेट सेवामा विशेष योजना

डिशहोमले विशेषगरी वार्षिक नवीकरण, नयाँ जडान तथा निष्क्रिय भएका ग्राहकलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको छ।

वार्षिक रूपमा सेवा नवीकरण गर्ने ग्राहकले प्याकेजअनुसार १५ दिनदेखि ६० दिनसम्म बोनस पाउनेछन्। यदि सेवा बन्द हुनुभन्दा १५ दिनभित्रै पुनः भुक्तानी गरिएमा थप ३० दिन बोनस दिइनेछ। यसरी अधिकतम ९० दिनसम्म बोनस पाउने व्यवस्था गरिएको छ।

३० दिनभन्दा बढी समय सेवा बन्द भएका ग्राहकले पुनः जडान गर्दा ९० दिन बोनस पाउनेछन्। त्यस्ता ग्राहकका लागि तार जडान र स्थान परिवर्तन शुल्कसमेत निःशुल्क गरिएको छ।

नयाँ जडानतर्फ, २०० एमबीपीएस वा सोभन्दा माथिका वार्षिक योजनामा १२ महिनाको शुल्क तिरेर १४ महिना सेवा प्रयोग गर्न सकिने (२ महिना बोनस) सुविधा प्रदान गरिएको छ। कम्पनीले यसलाई उच्च गतिको इन्टरनेट प्रयोग बढाउने प्रयासका रूपमा लिएको जनाएको छ।

टेलिभिजन सेवामा पनि बोनस

घरमै सिधै प्रसारण हुने टेलिभिजन सेवामा वार्षिक रूपमा भुक्तानी गर्ने ग्राहकले २ महिना बोनस पाउनेछन्। सेवा बन्द हुनुअघि १५ दिनभित्र भुक्तानी गर्दा थप १ महिना बोनस पाइनेछ। यसरी अधिकतम ३ महिनासम्म बोनस उपलब्ध हुनेछ।

यो अफर केवल वार्षिक बहु टेलिभिजन योजनामा मात्र लागू हुनेछ। मासिक वा छोटो अवधिका योजनामा कुनै परिवर्तन गरिएको छैन। साथै, अघिल्ला बोनस योजनाहरू हटाइएको कम्पनीले जनाएको छ।

यी सबै अफरहरू वार्षिक योजनामा मात्र लागू हुनेछन्। भुक्तानी फिर्ताको अवस्थामा बोनस अवधि समायोजन गरिनेछ। साथै, पुराना सबै बोनस योजनाहरूको सट्टा नयाँ योजना लागू गरिएको हो।

इन्टरनेट सेवा नवीकरणसम्बन्धी अफर चैत्र २० देखि बैशाख १५ सम्म लागू हुनेछ भने नयाँ जडानसम्बन्धी योजना बैशाख महिनाभर लागू हुनेछ। टेलिभिजन सेवाको अफर भने आषाढ मसान्तसम्म जारी रहनेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit