Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीजी मोटर्सले विरगञ्मा विस्तार गर्यो एक्सपेंग, नेटा, आयोनलगायतका ब्रान्ड

सीजी मोटर्सले विरगञ्मा विस्तार गर्यो एक्सपेंग, नेटा, आयोनलगायतका ब्रान्ड
विज्ञापन
Advertisement

काठमाडौँ । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको चिरपरिचित नाम सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै विरगञ्मा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लन्च गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालि लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ । उद्घाटन कार्यक्रममा विरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक श्ग्वा राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ र डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल आकर्षणको रुपमा रहेको थियो । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ एन्कयाप मा ५–स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्ओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । जी६ को मोटर पावर १९० केडब्लु र टर्क ४४० एनएम छ, जसले ६६ केडब्लुएच ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५० ÷५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जि ६ लाई विशिष्ट बनाउँछ।

यो पहलले बिरगञ्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग , नेटा , आयोन, आयोन, रिडारा, नेटा लगायतको ब्रान्डका मोटर ग्राहकमाझ सहजै पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit