images images images
images images images
images
images
images

४५०–एमटी मोटरसाइकल भारतमा पुनः लैजाने तयारीमा सीएफमोटो

images

काठमाडौं । सीएफमोटोले भारतीय बजारमा पुनः इन्ट्री गर्ने भएको छ । चिनियाँ मोटरसाइकल कम्पनी सीएफमोटो कम्पनीले २०२५ को मध्यसम्ममा ४५०–एमटी मोटरसाइकलको बिक्री सुरू गर्ने तयारी थालेको जनाएको छ ।

यसअघि सन् २०१९ मा सीएफमोटोका मोटरसाइकलहरू भारतीय बजारमा बिक्री बितरण हुने गरेकामा भारतमा बीएस–६ मापदण्ड लागू भएसँगै सीएफमोटोले आफ्नो अप्रेशन बन्द गरेको थियो ।

images
images

हैदरावाद वेस एएमडब्लू मोटरसाइकलले सीएफमोटोका उत्पादन २०२५ को मध्यसम्ममा बजारमा ल्याउने जनाएको छ । यसअघि पनि सोही कम्पनीले मोटरसाइकल बिक्री गर्दै आएकाले पनि सीएफमोटोका मोटरसाइकल भारतमै एसेम्बल गर्नेछ ।

भारतमा आफ्नो पहिलो मोडलको रुपमा सार्वजनिक गर्न लागेको ४५० एमटी नेपाली बजारमा बिक्री भइरहेको मोटरसाइकल हो । एड्भेन्चर मोटरसाइकल ४५०–एमटी नेपालमा गत नाडा अटो शोमा सार्वजनिक भएको थियो । पछिल्लो समय राम्रै चर्चा पाइरहेको यो मोटरसाइकलको नेपालमा १२ लाख ५० हजार रुपैयाँमा मूल्य तोकिएको छ ।

सीएफमोटो ४५०–एमटीमा अत्याधुनिक फिचर सहितको टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । ४५०–एमटी एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ । ४५०–एमटी मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता विभिन्न फिचर रहेको कम्पनीले जनाएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्