images
images
images

काठमाडौंमा बीवाईडी हाई-टेक : भविष्यको स्मार्ट मोबिलिटीको झलक

images
images
images

काठमाडौं  । विद्युतीय सवारी निर्माणमा अग्रणी कम्पनी बीवाईडीले नेपालमा पहिलो पटक हाई-टेक विक आयोजना गर्दै स्मार्ट मोबिलिटी र अत्याधुनिक प्रविधिको भविष्यमै क्रान्तिकारी परिवर्तन ल्याउने संकेत दिएको छ। फागुन १५ देखि १८ गतेसम्म काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटल परिसरमा आयोजना भइरहेको बीवाईडी हाई-टेक विकले नवीनतम ईभी (इलेक्ट्रिक भेहिकल) प्रविधि, टिकाउ सवारी साधन र अगाडि आउने प्रविधिहरूको प्रत्यक्ष अनुभव दिने अवसर प्रदान गरिरहेको छ।

सशक्त गाडी र उन्नत प्रविधिको संगम

images
images

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका अनुसार यो इभेन्टले विद्युतीय सवारीको प्रविधि, दिगोपन, कार्यक्षमता र सुरक्षा प्रणालीलाई अझ स्पष्ट पार्नेछ। कार्यक्रम उद्घाटन गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले हाई-टेक विक नेपालका लागि विशेष महत्त्व राख्ने   जानकारी दिइन् । उनले भनिन्,’ BYD नेपालको प्रतिबद्धता केवल प्रविधि प्रदर्शनमा सीमित छैन, बरु दिगो नेपाल निर्माण गर्ने हाम्रो साझा यात्रामा बलियो कदम हो।’

प्रदर्शनीमा रहेका प्रमुख गाडीहरू

डेन्जा डी९ – अत्याधुनिक मल्टिपर्पज भेहिकल (MPV)

बीवाईडी सार्क ६ – लक्जरी स्मार्ट अफरोड पिकअप

डेन्जा जेड ९ जीटी – टेक्नोलोजी मार्भलको परिकल्पना

बाओ ५ – डीएमओ सुपर हाइब्रिड अफरोड प्लेटफर्म

याङवाङ यू८ – भविष्यको इन्टेलिजेन्ट सस्पेन्सन गाडी

स्मार्ट टेक्नोलोजी र इनोभेसन

 

 

 

_cuva

 

_cuva

बीवाईडी हाई(टेक विकमा विश्वकै अत्याधुनिक ईभी प्लेटफर्म ३.० र ई४ प्रविधि आधारित गाडीहरू प्रस्तुत गरिएका छन्। बीवाईडीको चर्चित ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ड्युअल मोड अफरोड (DMO र फ्युचर इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम प्रदर्शनीका आकर्षण हुन्।

त्यसैगरी, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र इन-कार एआई इनोभेसन प्रविधि सम्बन्धी प्रत्यक्ष जानकारी तथा डेमो उपलब्ध छ। बीवाईडीले नयाँ पुस्ताका स्मार्ट भेहिकलहरू प्रदर्शन गर्दै नेपालको विद्युतीय सवारी भविष्यबारे छलफल गर्न उद्योगका विशेषज्ञहरूलाई पनि संलग्न गराएको छ।

_cuva

इनोभेसन, जनचेतना र भविष्य

चार दिने कार्यक्रमको क्रममा विद्युतीय सवारी साधनको ग्लोबल ट्रेन्ड, एनईभी (नयाँ ऊर्जा वाहन) टेक्नोलोजी र हरित भविष्यबारे उद्योग विज्ञ, इन्जिनियर तथा सस्टेनेबिलिटी एड्भोकेटहरूसँग विशेष टक शो र प्यानल डिस्कसनहरू पनि आयोजना गरिएका छन्। बीवाईडी हाई-टेक विक २०२५ को प्रमुख उद्देश्य विद्युतीय सवारी प्रविधिमा जनचेतना अभिवृद्धि गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र नेपालमा हरित तथा दिगो मोबिलिटीको यात्रालाई तीव्रता प्रदान गर्ने रहेको छ। नेपालजस्तो विद्युत ऊर्जा उत्पादनमा आत्मनिर्भर हुँदै गएको मुलुकका लागि यो इभेन्टले विद्युतीय सवारी प्रविधि र हरित यातायातको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्