Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नम्बर वान ईभी निर्माता बन्दै एक्स्पेङ मोटर्स, नौ अर्ब युआन लगानी थपिदै

नम्बर वान ईभी निर्माता बन्दै एक्स्पेङ मोटर्स, नौ अर्ब युआन लगानी थपिदै
विज्ञापन
Advertisement

काठमाडौं । प्रमुख चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता एक्स्पेङ मोटर्सले सन् २०२५ मा नौ अर्ब युआन भन्दा बढी लगानी गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इलेक्ट्रिक भेहिकल निर्माताहरूमध्ये नम्बर वान बनाउने लक्ष्य अनुसार कम्पनीले ईभी भेहिकलको अनुसन्धान र विकासका लागि उक्त लगानी गर्न लागेको हो ।

एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो । चिप उत्पादनलाई स्वदेशी बनाउँदै कम्पनीले आफ्नो आपूर्ति श्रृङ्खला अनुकुलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने र स्मार्ट ड्राइभिङ प्रविधिमा आफ्नो नेतृत्वलाई मजबुत बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो उच्च–प्रदर्शनको क्षमतायुक्त ट्यूरिङ चिपको व्यापक उत्पादन गर्ने योजना बनाएको छ, जुन गाडी, उड्ने सवारी साधन र रोबोटहरूमा लागू गर्न सकिन्छ । त्यसका अलावा एक्स्पेङले सेल्फ ड्राइभिङ प्रविधिमा नेतृत्व कायम राख्दै एलथ्री स्तरको सेल्फ ड्राइभिङ क्षमता आफ्ना सवारी साधनहरूमा समावेश गर्ने योजना पनि बनाएको छ ।

कम्पनीका अध्यक्ष तथा सीईओ हे स्याओपेङका अनुसार यो प्रविधिले चालक सहायता प्रणालीलाई सुधार गर्नेछ भने सडक सुरक्षालाई वृद्धि गरी एक्स्पेङलाई स्मार्ट यातायातमा अग्रिम श्रेणीमा स्थापित गर्ने बताइएको छ ।

एक्स्पेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै २०२४ मा एक लाख ९० हजार ६८ वटा गा डी बिक्री गरेको जनाएको छ । हालै फिनल्यान्ड बजारमा पनि प्रवेश गरेको छ । कम्पनीले सन् २०२५ मा ६० भन्दा बढी देशहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसले यसको विश्वव्यापी उपस्थिति अझ बलियो बनाउने विश्वास लिइएको कम्पनीले बताएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit