Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा एलएस अटोको आगमन, एलईभी ०१ काे कति पर्छ मूल्य ?

नेपालमा एलएस अटोको आगमन, एलईभी ०१  काे कति  पर्छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै एलएस अटोले नेपाली बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदैछ। विश्वकै ठूला अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटोले नविनतम प्रविधि, उन्नत डिजाइन, र उच्च क्षमताको इलेक्ट्रिक गाडी नेपाली उपभोक्तालाई उपलब्ध गराउने तयारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कस्तो हो एलएस अटो ?

एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन निर्माता कम्पनी हो, जसले विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गर्दै आएको छ। कम्पनीले चीनमा उच्च गतिमा चल्ने रेलदेखि हेलिकप्टर डिजाइनसम्मको अनुभव हासिल गरिसकेको छ। नेपालसहित मौरिसस, टर्की, इजिए, नाइजेरिया, कजाकिस्तान, र अन्य ११ देशमा एलएस अटोको उपस्थिति विस्तार भइसकेको छ ।

एलएस अटोको कस्तो छ उत्पादन क्षमता?

कम्पनीको चीनको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार युनिट उत्पादन क्षमता भएको कारखाना रहेको छ। युरोपेली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। एलएस अटोले नेपालमा विशेष रूपमा विभिन्न इलेक्ट्रिक एसयूभी तथा सेडान मोडेलहरू ल्याउने योजना बनाएको छ। पहिलो चरणमा एलईभी ०१ नामक एसयूभी नेपालमा भित्रिसकेको छ । कम्पनीका अनुसार एलईभी ०१ः नेपालमा भित्रिएको पहिलो मोडेल हो । जसमा ब्याट्री क्षमताः ६७.१२ किलोवाट आवर रहेको छ भने मोटर शक्तिः ९९ किलोवाट (३०० न्यूटन मिटर टर्क) छ । त्यस्तै फास्ट चार्जिङमा केही घण्टामै पूर्ण चार्ज गर्न सकिने जनाइएको छ । रेन्जः ५०० किलोमिटरसम्म दिन्छ भने ग्राउन्ड क्लियरेन्सः २१० एमएम (नेपालका बाटोअनुसार उपयुक्त) ड्राइभ अप्सनः राइट ह्यान्ड ड्राइभ रहेका कम्पनीले जनाएको छ ।

एलईभी ०३ र एलईभी ०५ नेपाल आउने तयारीमा

एलएस अटोले सन् २०२५ भित्र दुई नयाँ मोडेल एलईभी ०३ (प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी) र एलईभी ०५ (मिडसाइज कम्प्याक्ट एसयूभी) ल्याउने योजना बनाएको छ। यी गाडीहरू पनि नेपालका सडक र मौसम अनुसार उपयुक्त हुने गरी तयार पारिएका छन्।

एलईभी ०१ का विशेषताहरू

-सुरक्षा प्रणालीः १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल,

– डिजाइनः एरोडाइनामिक बडी, होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट, ०.२६८ ड्रयाग कोएफिसियेन्ट (इलेक्ट्रिक एसयूभीहरूमध्ये सबैभन्दा कम)

-अन्तरिक सुविधाः ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक टेलगेट, प्यानोरामिक सनरूफ

-चार्जिङ पूर्वाधारः नेपालभर चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना

मूल्य र वारेन्टी

नेक्सन भेन्वरले नेपालमा एलएस अटोको आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ।

– स्ट्यान्डर्ड एडिसन : ६१.९५ लाख रुपैयाँ

-कम्फर्ट एडिसन :९.९५ लाख रुपैयाँ

-वारेन्टीः ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मोटर तथा ब्याट्री वारेन्टी

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit