images images images
images images images
images
images
images

साङ्ग्रिला मोटर्सले हालै ल्याएको लिपमोटर टी ०३ गाडी कस्तो छ?

images

काठमाडौं । प्रतिष्ठित गोल्छा संगठनको सदस्य साङ्ग्रिला मोटर्स प्रा. लि. ले नेपालमा नयाँ इलेक्ट्रिक सवारी लिपमोटर ०३ को आधिकारिक रूपमा लन्च गरेको छ। गत फागुन २० गते मंगलबार काठमाडौंको सिल्वर ओक ब्यान्क्वेटमा आयोजित विशेष समारोहमा उक्त सवारी सार्वजनिक गरिएको हो।

समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालमा नवीनतम् र दिगो विश्वस्तरीय सवारीसाधन ल्याउने कम्पनीको प्रतिबद्धतालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त  गरे ।  उनक अनुसार लिपमोटर त्ण्घ ले नेपाली बजारमा दिगो र स्मार्ट यातायातको नयाँ मापदण्ड स्थापित गर्नेछ।

images
images

यस्ता छन् गाडीका बिशेषता

लिपमोटर टी ०३ मा ३७.३ ३७.३ kWh ब्याट्री जडान गरिएको छ, जसले कम्बाइन्ड साइकलमा २६५ किमी तथा अर्बन साइकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ। साथै, यसमा लेभल २ एडभान्स्ड EV पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली रहेको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव सुनिश्चित गर्छ। नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर र सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताको प्रशंसा  गरे। उनले लिपमोटर त्ण्घ को गुणस्तर, प्रविधि र मूल्यलाई नेपाली बजारका लागि उपयुक्त रहेको बताए ।

साङ्ग्रिला मोटर्सको यात्रा र भविष्य

साङ्ग्रिला मोटर्स प्रा. लि. २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता तथा २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहँदै आएको छ। हालै सिट्रोन ऋघ को सफल लन्च पछि लिपमोटर टी०३को सार्वजनिकरणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

कम्पनीले दिगो सवारीसाधनहरूलाई प्राथमिकता दिँदै अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ स्वरूप दिन निरन्तर प्रयास गरिरहेको छ। गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप, साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र वातावरणमैत्री सवारीसाधनहरू नेपाली बजारमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

मूल्य र उपलब्धता
लिपमोटर टी०३नेपाली बजारमा २८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। विद्युतीय सवारीमा चासो राख्ने ग्राहकहरूका लागि यो एक उत्कृष्ट विकल्प बन्ने विश्वास गरिएको छ। नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गइरहेको अवस्थामा, लिपमोटर टी०३ ले स्मार्ट, सुरक्षित र वातावरणमैत्री यात्रा खोज्ने उपभोक्ताहरूका लागि नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्