काठमाडौं । नेपालको ईभी बजारमा नयाँ ऊर्जा थप्दै डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरी ले ठूलो उपलब्धि हात पारेको छ। नामीले ५०० भन्दा बढी कारहरूको बिक्री गर्दै नेपाली बजारमा आफ्नो प्रभुत्व थप मजबुत बनाएको छ।
यो उपलब्धिलाई विशेष बनाउन, एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोह मा ब्रान्डले अर्को ऐतिहासिक क्षण अनुभव गर्यो। विशेष कार्यक्रमको दौरान ५ जना ग्राहकहरूलाई ब्रान्ड-न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरियो।
नामीको यात्रा स् स्टाइल, लक्जरी र प्रविधिको संगम
नेपालभर ५०० भन्दा बढी नामी कारहरू सडकमा गुडिरहेका छन्, जसले ईभी बजारमा यसको अग्रणी भूमिका स्थापित गरेको छ। नामीले हालै सम्पन्न नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङको रेकर्ड कायम गर्दै नेपाली ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।
नामीका फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डल, र स्लिक फ्ल्याट सर्फेस ले डिजाइनमा नयाँ आयाम थपेका छन्। साथै, लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२।८ इन्चको अत्याधुनिक इन्फोटेनमेन्ट कन्सोल जस्ता विशेषताले यात्रालाई अझ सुरक्षित, आरामदायी र प्रविधिमैत्री बनाएको छ।
बोल्ड डिजाइन, आकर्षक रंग विकल्प, र दिगोपनलाई प्राथमिकता दिँदै नामी समकालीन चालकहरूको पहिलो रोजाइ बन्दै गएको छ। नेपालका सडकहरूमा नामी कारहरूको संख्या बढ्दै जाँदा, ब्रान्ड स्मार्ट, स्टाइलिश, र दिगो भविष्यको संकेत बन्दै गएको छ।

















प्रतिक्रिया दिनुहोस्