Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर

ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल ( एसपिजि अटोमोबाइल्स प्रा.लि.ले नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभि(SUV) का लागि लोकप्रियता प्राप्त गरिरहेको यस ब्रान्डको लागि यो एक महत्त्वपूर्ण उपलब्धि रहेकाे कम्पनीले  जनाएकाे छ । कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, निर्देशक सन्दीपकुमार शारडा, र एसपिजि अटोमोबाइल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्द मुख्य अतिथिका रूपमा सहभागी भए।

विज्ञापन
Advertisement
Advertisement

गुणस्तरीय सेवाप्रति प्रतिबद्धता
शारडा ग्रुपका निर्देशक गौरव शारडाले समारोहलाई सम्बोधन गर्दै भने, “ओमोडा एन्ड जेइको छोटो समयमै नेपाली आम ग्राहकको मन जित्न सफल भएको छ। ग्राहकहरूले हामीप्रति देखाएको विश्वासले हामीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ। आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा र नवीन प्रविधि सहित ग्राहकहरूको अपेक्षा पूरा गर्ने हाम्रो प्रतिबद्धता जारी रहनेछ।”

नयाँ मोडेलहरू र विशेष अफरको घोषणा
समारोहमा एसपिजि अटोमोबाइल्सले सन् २०२५ मा नेपाली बजारमा जेइको जे(५ र जेइको भी(२३ सार्वजनिक गर्ने योजना घोषणा गर्‍यो। यी प्रिमियम विद्युतीय एसयुभिहरू लामो रेन्ज र उत्कृष्ट प्रविधिसहित आउनेछन्।

साथै, पहिलो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकहरूका लागि विशेष अफर प्रस्तुत गरिएको छ। यो अफरअन्तर्गतस:

-५५,९९,००० बाट सुरू हुने ओमोडा एन्ड जेइको सवारी साधनहरूमा

– ५,१५,००० सम्मका विभिन्न फाइदाहरू

-१ वर्षको निःशुल्क बीमा

-७ किलोवाटको निःशुल्क चार्जर

-८ वर्ष वा १,६०,००० किलोमिटरको ब्याट्री र मोटर वारेन्टी

-१ वर्षको निःशुल्क सडक कर

नेपाली बजारमा ओमोडा एन्ड जेइकोको सफलता
फेब्रुअरी २०२४ मा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेइकोले ८०० भन्दा बढी युनिट बिक्री गरिसकेको छ। उत्कृष्ट प्रविधि, नवीनता, र आकर्षक डिजाइनका कारण ब्रान्डले छोटो समयमै लोकप्रियता हासिल गरेको छ।

हाल, एसपिजि अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ-५ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे-६ अफरोड एसयुभिहरू बिक्री गर्दै आएको छ। देशभरि १७ वटा सोरुम तथा ३० भन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।

भविष्यको दृष्टिकोण
एसपिजि अटोमोबाइल्स नेपाली अटोमोटिभ बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ। ग्राहक तथा साझेदारहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै, कम्पनीले विद्युतीय सवारी साधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ।

एसपिजि अटोमोबाइल्सले विद्युतीय सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समय लागू हुने वार्षिकोत्सव विशेष अफरहरूको फाइदा उठाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit