काठमाडौं । प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन इमास ७ लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबीच जगदम्बा मोटर्सले प्रोटोनको ई एमएएस ७ सार्वजनिक गरेको हो ।
यससँगै अब बजारमा प्रोटोनको ई एमएएस ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । प्रोटोनको ई एमएएस ७ प्लाटिनम सिल्भर, टर्क्वोइज ग्रिन, स्लेट ग्रे, क्वार्ट्ज रोज र लिथियम ह्वाइट गरी पाँच रङमा उपलब्ध छ ।
प्रोटोनको ई एमएएस ७ सार्वजनिक गरिएको अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोनको नयाँ गाडी सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले यो गाडीले नेपालीहरुको आशा र अपेक्षालाई पुरा गर्ने तथा सरकारको स्वच्छ नीतिलाई सहयोग गर्ने बताए ।
गुप्ताले भने,‘हामी नेपालमा प्रोटोन इमास ७ सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला हाम्रोलक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’
प्राइम र प्रिमियम भेरियन्टमा सार्वजनिक भएको गाडीको मूल्य ५६ लाख ९९ हजार देखि सुरु हुन्छ ।
नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको जनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा लगानी गर्ने उल्लेख गरेको छ ।
ई एमएएस ७ मलेसियाकोअग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँऊर्जा ब्रान्ड हो, जसलाई प्रो–नेटद्वारा वितरण गरिन्छ । विद्युतीय सवारीको अपनत्वमा मुख्य भूमिका खेल्दै र ब्रान्डको इकोसिस्टम निर्माण गर्दै, ई एमएएस ७ नवप्रवर्तन र उत्कृष्टताको प्रतिवद्धतासहित दिगो यातायाततर्फ नेतृत्व गरिरहेको छ ।
ई एमएएस ७ अब प्रोटोनको नक्साल फ्ल्यागशिप शोरूममा बुकिबका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्