Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हुन्डाईको क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई सार्वजनिक, कति पर्छ मूल्य ?

हुन्डाईको क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई सार्वजनिक, कति पर्छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं ।  हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार साँझ काठमाडौंमा एक विशेष समारोहकाबीच उक्त गाडी सार्वजनिक गरिएको हो ।

हुन्डाइले नेपालले ग्राहको आवश्यकता र गतिशीलताअनुसार क्रेटा ईभी र आईसीई दुवै मोडल सार्वजनिक गरेको जनाएको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीईको प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको छ। यो मूल्य २०२५ मा आयात गरिने आईसीई मोडलहरुको तुलना गर्दा ९ लाखसम्म कम रहेको छ ।

गाडीले ४२ किलोवाट आवर ब्याट्री आवर ३९० किमी रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ । यस्तै, गाडीमा ९९ किलोवाटको मोटर रहेको छ। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। ७.९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ भने क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।

११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ। गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।

उक्त गाडी सार्वजनिक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको समेत उपस्थिति रहेको थियो । हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit