Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरामा पहिलोपटक ‘वाडा अटो शो २०२५’ सुरू, ३२ ब्रान्डको सहभागिता

पोखरामा पहिलोपटक ‘वाडा अटो शो २०२५’ सुरू, ३२ ब्रान्डको सहभागिता
विज्ञापन
Advertisement

पाेखरा । पोखरामा पहिलोपटक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) ले ‘वाडा अटो शो २०२५’ आयोजना गरेको छ। १४ गतेदेखि सुरू भएको अटो शो १७ गतेसम्म चल्नेछ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं बाहिर पहिलो पटक गरिएको यो अटो शोमा ७ वटा दुईपांग्रे, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी, १९ वटा चारपांग्रे तथा २५ वटा सवारी पार्टपुर्जाका ब्रान्ड सहभागी छन्।

विद्युतीय सवारीको बढ्दो आकर्षण

चारपांग्रे सवारीतर्फ विद्युतीय गाडीको प्रमुख स्थान देखिएको छ। हुन्डाई, निसान, महिन्द्रा, एमजी, टोयोटा, किया, टाटा लगायत ब्रान्डले विद्युतीय गाडी प्रदर्शनीमा राखेका छन्। दुईपांग्रे सवारीतर्फ एथर मात्र विद्युतीय ब्रान्ड रहेको छ। नाडाका अध्यक्ष करण चौधरीले पहिलो पटक काठमाडौं बाहिर अटो शो आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले अटो शोले अर्थतन्त्रलाई चलायमान बनाउने र सरकारलाई राजस्व संकलनमा टेवा पुर्‍याउने बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले घोषणा गरेको भ्रमण वर्षसँग अटो शोको महत्त्वपूर्ण सम्बन्ध रहेको बताए। उपभोक्ताले एकै ठाउँमा सबै ब्रान्डका सवारी साधन अवलोकन र खरिद गर्न सक्ने सुविधा प्राप्त गरेको उनको भनाइ छ।

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit