Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लुयानका इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार रुपैयाँ छुट पाइने

लुयानका इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार रुपैयाँ छुट पाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
अफरमा लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई १५ हजार रुपैयाँको नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क पाउने कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त अफर नगदमा खरिद गर्ने ग्राहका लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ । जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।

लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्स सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्ड मध्ये सबैभन्दा धेरै सर्भिस सेन्टर रहेकाले ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध भइरहेको कम्पनीको दाबी छ । नेपालभर १३ प्रमुख शहरहरूमा लुयानले डिलर नेटवर्कमार्फत सेवा दिइरहेको छ ।

नेपालमा सबैभन्दा सस्तो, भरपर्दो, र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर, र कम मर्मत खर्चका कारण लुयानको एमएनके ३ र एस ९० अहिलेको सर्वाधिक रुचाइएको मोडेलहरु हो । एमएनके३ को छुटपछिको मुल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मुल्य २ लाख १ सय रुपैयाँ रहेको छ ।

नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालले लयाएको यो अफर आगामी बैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit