Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निसानले नयाँ सेभेन–सिटर बि–एमपिभि ल्याउँदै

निसानले नयाँ सेभेन–सिटर बि–एमपिभि ल्याउँदै
विज्ञापन
Advertisement

काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो उत्पादन श्रृंखलामा नयाँ सेभेन सिटर बि–एमपिभि (मल्टिपर्पस भिहेकल) थप्ने घोषणा गरेको छ। जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतीय बजार लक्षित दुई नयाँ मोडेल सार्वजनिक गरेको थियो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले भारतीय ग्राहकहरूको बढ्दो मागअनुसार उत्पादनहरूलाई परिमार्जन गर्दै बि एमपिभि, सि एसयुभि (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल) तथा बि–एसयुभि (सब कम्प्याक्ट एसयुभि) सेगमेन्टमा नयाँ गाडीहरू उपलब्ध गराउने योजना बनाएको जनाएको छ। नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा समेत यी मोडेलहरू भित्र्याउने घोषणा गरेको छ।

निसानको ‘प्लान्ड प्रोडक्ट–अफेन्सिभ’ रणनीतिअन्तर्गत पहिलोपटक विश्वव्यापी रूपमा नयाँ सेभेन सिटर बि –एमपिभिको लुक सार्वजनिक भएको छ। यो गाडी निसानको भारतस्थित उत्पादन श्रृंखलामा नयाँ सदस्यका रूपमा थपिँदैछ, जसलाई वर्ष २०२५ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। त्यसपछि, पहिले घोषणा गरिएको फाइभ /सिटर सि/एसयुभि सन् २०२६ को सुरुवातमा बजारमा आउने छ ।

कम्पनीले हालै दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ । यस्तै, बि/सि–एसयुभि तथा डि/एसयुभि सेगमेन्टमा चार नयाँ उत्पादनहरू प्रस्तुत गर्ने निसानको लक्ष्य छ।
निसानको नयाँ सि –एसयुभि, प्रतिष्ठित निसान पट्रोलको डिजाइनबाट प्रेरित प्रिमियम डिजाइन र उच्च प्रविधियुक्त छ। यसले विश्वसनीयता, प्रिमियम निर्माणशैली, तथा अत्याधुनिक प्रविधि प्रस्तुत गर्नेछ। त्यस्तै, सेभेन–सिटर बि–एमपिभि गुणस्तर, आराम, र स्टाइल प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। यो गाडी निसानको विशेष डिजाइन दर्शन अनुसार निर्मित ‘मस्कुलर स्टाइलिङ’युक्त हुनेछ। यात्रुहरूको सहजता र सवारी अनुभवलाई प्राथमिकता दिँदै, उत्कृष्ट सस्पेन्सन तथा आरामदायी इन्टेरियर सहितको डिजाइन अपनाइएको छ।

भारतमा वार्षिक रूपमा १ लाख इकाई गाडीको आन्तरिक बिक्री तथा निर्यात गर्ने लक्ष्य लिएको निसान मोटर इन्डियाले यी दुई नयाँ उत्पादनहरू चेन्नईस्थित ‘अलायन्स जेभि प्लान्ट’मा उत्पादन गर्ने योजना बनाएको छ।

निसानको यो नयाँ रणनीति भारतीय तथा नेपाली ग्राहकहरूका लागि नवीन विकल्प प्रदान गर्न केन्द्रित रहेको नेपालमा निसानका लागि आधिकारिक वितरक
पायोनियर मोटोकर्प प्रालिले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit