images images
images images
images

अमेरिकी विदेशमन्त्री रुबियोले भने –युक्रेन युद्धविरामबारे अमेरिकाले केही दिनभित्रै निर्णय गर्छ

images
images
images

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।

युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा उनले युक्रेन युद्धविराम सम्भव छ छैन भन्ने बारे मूल्यांकन आवश्यक भएको बताए । उनले युक्रेन युद्धविराम सम्भव नभए अन्य विकल्पमा अघि बढ्न सक्ने संकेत गरे ।

images
images

रुबियोले भने, ‘हामीले अब केही दिनभित्रै यो काम गर्न सकिन्छ कि सकिँदैन मुल्याङ्कन गर्नु आवश्यक छ, किनभने यदि त्यसो भएन भने मलाई लाग्छ कि हामी अन्य योजनाका साथ अगाडि बढ्नेछौँ । यदि युद्धविराम सम्भव भएन भने हामीले ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन्।’

विदेशमन्त्री रूबियोले अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उक्त सहयोग रोक्न चाहेपनि युक्रेनसँग युद्ध नगरेको भनाइ उनको छ । ‘अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र हामी यसको अन्त्य चाहन्छौं, तर यो हाम्रो युद्ध होइन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता सुरु गर्न सहमत भएपछि किएभ र युरोपेली सहयोगीहरूलाई वेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।

यसअघि रुस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले गरेको प्रयास असफल भएको थियो । पुटिनले रुससँग पूर्ण युद्धविराम नगर्ने बताउँदै आएको छ। रुबियोले युरोपेली राष्ट्रका अधिकारीहरूले बिहीबार भएको वार्तामा अमेरिकी विचारप्रति सकारात्मक भएको बताए । उनले रुस –युक्रेत युद्ध रोक्न बेलायत, फ्रान्स र जर्मनीले वार्ताको लागि सहयोग गर्न सक्ने धारणा राखे । ‘हामी चाहन्छौँ उनीहरूले वार्तामा समन्वयकारी भूमिका खेल्नेछन् । मेरो विचारमा बेलायत, फ्रान्स र जर्मनीले हामीलाई वार्ता अघि बढाउन मद्दत गर्न सक्छन् र त्यसपछि यसलाई समाधानको नजिक पु¥याउन सकिन्छ,’ उनले भने ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको रुबियोले बताए । ‘रुसविरुद्धको प्रतिबन्धको एउटा हिस्सा र यदि यो सम्झौताको भाग हो भने तीमध्ये धेरै युरोपेली प्रतिबन्धहरू हुन् जसलाई हामी हटाउन सक्दैनौं।’

युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्