images images images
images images images
images
images
images

नेपाल लाइफद्वारा एक दिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न

images

काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय Sales Transformation Session काठमाडौंमा सम्पन्न गरेको छ। कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक व्यापार समीक्षासहित आर्थिक वर्ष २०८१-८२ को बाँकी अवधिका लागि नयाँ सेल्स रणनीति तय गरिएको छ।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो।

images
images

संचालक अग्रवालले जीवन बीमा क्षेत्रलाई संवेदनशील भन्दै बीमा पोलिसीलाई भविष्य निर्माण गर्ने माध्यमको रूपमा परिभाषित गरे। उनले कम्पनीको प्रगतिको श्रेय समर्पित टिमवर्क, दीर्घकालीन सोच, रणनीतिक तर्जुमा र यसको प्रभावकारी कार्यान्वयनलाई दिँदै बीमा सचेतना अभिवृद्धिमा सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दैगर्दा हासिल गरेका उपलब्धिलाई ऐतिहासिक भन्दै यसको सफलतामा योगदान दिने सम्पूर्ण कर्मचारी, अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरे। उनले निकट भविष्यमा बीमितहरूले शाखामा नजाँदै घरैबाट सेवा प्राप्त गर्ने वातावरण तयार भइसकेको जानकारी दिए। कार्यक्रममा सेल्ससँग सम्बन्धित विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरे। नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको रणनीति कार्यान्वयनमा सेल्स टिम पूर्ण रुपमा समर्पित रहेको बताए।

कार्यक्रम समापनमा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रमा छिट्टै विभिन्न प्रकारका रूपान्तरण हुने भन्दै त्यसका लागि सीप, ज्ञान र क्षमताको विकासमा ध्यान दिन आग्रह गरे। उनले आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधि मार्फत बीमा क्षेत्रमा नयाँ अवसरको सिर्जना भइसकेको बताए।

कम्पनीले सेल्स ट्रान्सफर्मेसन सेसनमार्फत आगामी दिनमा अझ प्रभावकारी ढंगले ग्राहक सेवा विस्तार गर्ने र बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्