images images images
images images images
images
images
images

नेप्सेका सीईओ र नवनियुक्त गभर्नर पौडेलबीच भेट,के भयो कुराकानी ?

images

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंबीच भेट भएको छ । सोमबार भएको भेटमा एक पौडेललाई सफल कार्यकालको शुभकामना आदानप्रदान गर्दै पुँजी बजारलाई बलियो बनाउने विषयमा कुरा भएको हो ।

डा. पौडेललाई गभर्नरको जिम्मेवारी सम्हाल्दै राष्ट्र बैंकको नेतृत्व सम्हाल्न लागेको यस महत्वपूर्ण घडीमा सीईओ चापागाईंले सफल कार्यकालको शुभकामना दिँदै देशको समग्र वित्तीय प्रणाली सुदृढ पार्न डा। पौडेलको अनुभव, दूरदृष्टि र नेतृत्व क्षमताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

images
images

‘नेपालको पूँजी बजारको विकास तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न राष्ट्र बैंकको मार्गदर्शन महत्वपूर्ण हुने हुँदा, हामी नयाँ गभर्नरसँग सहकार्य गर्दै अघि बढ्नेछौं,’ सीईओ चापागाईंले भने।

नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकबीच वित्तीय प्रणालीको पारदर्शिता, सुशासन र प्रविधिको माध्यमबाट सेयर बजारको सुदृढीकरणका लागि अझ प्रभावकारी सहकार्य हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।

डा.पौडेलको नेतृत्वमा मौद्रिक नीतिको स्थायित्व, आर्थिक समावेशिता र पूँजी बजारको सुदृढीकरणतर्फ थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्